बालेन शाह उपस्थित नहुने भएपछि आज पनि हर्क साम्पाङ संसद बैठक बहिष्कार

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १३ गते।

धराने मिडिया : हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित नभएको भन्दै आज (बुधबार) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख (डीपी) अर्यालले सदनमा सभामुखलाई निर्देशन दिने अभ्यास यसअघि नभएको जवाफ दिएपछि सांसद साम्पाङ वैठक नै बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका हुन् । सांसद साम्पाङले प्रधानमन्त्री नआउन्जेल आफू बैठक छोडेर हिँडिरहने बताएका छन् । संसद् नियमावलीको नियम १५ को २ का आधारमा दुई–चार कुरा सोध्नलाई प्रधानमन्त्री खोजेको साम्पाङले बताएका छन् ।

यसअघि पनि आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू बैठकबाट बाहिरिएका थिए।