धरान: धरान-६ स्थित पानबारीमा चलिरहेको शतवार्षिक महोत्सवमा आज चैत १ गते आफ्नो सांगितिक प्रस्तुति दिन रचना रिमाल आउने भएकी छिन । उनको धरानमा यो वर्षको दोस्रो प्रस्तुति हो ।

पानबारीमा बसोबास भएको १०० वर्ष पुगेको अवसरमा यो महोत्सवको आयोजना गरिएको हो । यो महोत्सव पानबारीको स्कुल डाडामा संचालन भइरहेको छ ।