धरान: बुढा सुब्बा मन्दिरमा आज शनिबार भक्तजनको घुइँचो देखिएको छ ।

नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ । पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढा सुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ।

बूढा सुब्बा मन्दिर भित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढा सुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो ।

बूढा सुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ ।

 व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढा सुब्बा मन्दिरमा पँजा हुँदै आएको बुझिन्छ ।

 बूढा सुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। 

चैत महिनाको आज पहिलो शनिबार पनि परेको छ ।