धरान : लोकरक ब्याण्ड नेपथ्यको इलाममा कन्सर्ट सम्पन्न भएको छ। शनिबार बेलुका इलामको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा ब्याण्डले कन्सर्ट सम्पन्न गरेको हो।

इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट 'इलाम गुरुङ समाज' को प्रस्तुति थियो।

कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना गरेको हो। इलाम नगरपालिका-६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए, आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, "यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ।"