धरानमा ७ करोडको लगानीमा नाल्बो होटेल सञ्चालनमा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १० गते।
धराने मिडिया : धरानमा करिब ७ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नाल्बो होटेल औपचारिक रूपमा सञ्चालनमा आएको छ। आधुनिक सुविधा सहित सञ्चालनमा आएको होटेलले धरानको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
शनिबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आईन्द्र विक्रम वेघाद्वारा रिबन काटेर होटेलको आधिकारिक सुरुवात गरेका थिए। होटेलमा आवास, खानपान, सभा–सेमिनार तथा पारिवारिक कार्यक्रमका लागि आवश्यक सुविधा उपलब्ध गराइएको सञ्चालक लाल प्रसाद नाल्बोले जनाएका छन।
होटेलले स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको होटेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने विश्वास समेत गरिएको छ। धरानमा पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रमा निजी लगानी बढ्दै गएको छ, जसले शहरको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



























