धरान : बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २५ जना घाइते भएका छन् ।

पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकदेखि २०० मिटर तल खस्न गई  दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको छ भने  घटनाको थप विवरण आउन बाँकी छ ।