धरान : गर्मी होस् वा चिसो छालाको हेरचाह अनिवार्य छ । हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ। नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ।

गर्मीमा छालाको विशेष हेरचाह गर्नुपर्ने उपायहरू यस्तो छ :

पर्याप्त पानी पिउने

छालालाई स्वस्थ र जवान राख्न यसलाई पर्याप्त पानी पिउने पिउनु पर्दछ । शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ। आवश्यक मात्रामा पानी खानाले छालालाई खराब गर्ने 'टक्सिन'हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन्।


घामबाट सुरक्षा अपनाउने

लामो समय चर्को घाममा जादा छालामा गम्भीर क्षती र केही प्रकारको छालाको क्यान्सर पनि हुन सक्छ । त्यसैले सकेसम्म चर्को घाममा कम निस्किने र निस्किनै परे सनस्क्रीनको प्रयोग गर्ने ।


स्वास्थ्य आहार

छाला स्वास्थ्य राख्न स्वास्थ्य आहार महत्वपूर्ण हुन्छ । फलफूल र हरियो सागपात सेवन गर्दा पनि छाला स्वस्थ रहन मद्दत गर्छ । अन्डा, गाँजर, बदाम, फर्सीको बिज जस्ता खानेकुरा सेवन गर्दा गर्मीमा छालालाई सकारात्मक असर पर्ने गर्दछ ।


सरसफाइ ध्यान

गर्मीमा छालाको सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । टावेल, बेडसिट तथा तपाईंका कपडा सफा तथा सुक्खा हुनुपर्छ । जसकारण, ब्याक्टेरियल तथा फंगलको संक्रमण नहोस् ।


नियमित शारीरिक व्यायाम

नियमित शारीरिक व्यायामले शरीरमा रक्तसञ्चार तिव हुन्छ र मानिस जवान देखिन्छ । यस्तो कारणले शरीरमा अक्सिजन मात्रा बढ्छ र छालालाई चाउरी पर्न दिँदैन । यस्को साथै नियमित व्यायाम गर्दा शरिरमा पसिना निस्किएर छालालाई सुख्खा हुन दिदैन ।


तनाव कम लिने

तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन्। यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुक्खा हुने लगायत हुन्छन्। तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले तनावको मात्रा घटाउँछन्। जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा पर्दछ ।


चिकित्सकसँग परामर्श

हरेक मानिसको छाला फरक प्रकृतिको हुन्छ । त्यसैले कुनै समस्या देखिएमा छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार थाल्नुपर्छ ।