धरान : बराहक्षेत्रमा १२ वर्ष पछि महा-कुम्भ मेला हुने भएको छ । १२ वर्षमा एक पटक लाग्ने पूर्ण कुम्भमेलाकै बेला रामानन्दाचार्य महाराज कृष्णदासले संकटमोचन यज्ञ आयोजना गर्ने घोषणा गरेका छन् ।


रामानन्दाचार्य महाराज कृष्णादासले मंगलबार होटेल गजुरमा भेटघाट एवं छलफल कार्यक्रममा उक्त जानकारी दिएको हुन । उनले भने ‘चतरामा हुने कुम्भमेला र संकटमोच महायज्ञले विश्व समुदायको उपस्थिति र प्रचारले चतरा धार्मिक पर्यटन उद्योग निर्माण हुनेछ ।’


उनले भने महायज्ञ र कुम्भमेलाले विशेषतः आर्थिक चलायमान साथै पर्यटन प्रवर्द्धन नै रहेकाले सम्पूर्ण जनसमुदायलाई महाकुम्भ मेलामा उपस्थित हुन आग्रह गरे ।


महायज्ञमा बागेश्वर बाबाको उपनाम पाएका चर्चित बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्रीलाई ल्याएर धार्मिक पर्यटनका लागि संकटमोचन गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।


नेपालको एक मात्र कुम्भस्थल रहेको चतराधाम एबं  नेपाल को प्रथम जगदगुरु पीठ सुनसरी जिल्लाको बराहक्षेत्र गाविसमा पर्दछ।यो ठाउँ धरान देखि करिब १६  किलोमिटर पश्चिममा सप्तकोशी नदीको किनारामा पर्दछ।


आगामी चैत २७ देखि २०८१ वैशाख २८ गते सम्म हुने तेस्रो पूर्ण कुम्भ महोत्सव प्राचीन हरिद्वार चतराधाम हुँदैछ ।


चताराधाममा २०५९ साल वैशाख १ गते कलियुगमा पहिलो पटक सुरु गरिएको कुम्भ मेला निरन्तर १२/१२ वर्ष मा पूर्ण कुम्भ मेला र ६/६ वर्ष मा अर्धकुम्भमेलाको रुपमा मेला लाग्ने गर्दछ।