झरीसँगै धरानमा बढ्यो चिसो

धरान : धरान नगरसहित सुनसरीको अधिकांश स्थानमा पानी परिरहेको छ ।


हाल नेपालमा न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


अहिले कोशी सहितका बागमती र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।


वर्षाको कारण धरानमा चिसो बढेको छ भने जनजीवन पनि प्रभावित भएको छ । 


लामो खडेरीपछि पानी परेकाले केही स्थानका किसानहरूलाई केही राहत मिल्ने छ भने धरानमा भएको  खानेपानी समस्यालाई पनि केही सहजता पुग्नेछ ।


भोलि पनि दिनभरि वर्षा हुन सक्ने मौसम विज्ञान विभागले अनुमान गरेको छ ।