धरानमा बेबारिसे घाँटी रेटिएको अबस्थामा किशोरीको शव फेला

धरान : सुनसरीको धरानमा बेबारिसे घाँटी रेटिएको अबस्थामा किशोरीको शव फेला परेको छ ।

धरान-१८ स्थित घोपा क्याम्प परिसरमा हत्या भएको अवस्थामा सो शव फेला परेको हो । बुधबार दिउसो करिब साढे २ बजेको समयमा धरान उपमहानगरपालिका वडा न.१८ स्थित वि पी कोइराला स्वाथ्य प्रतिस्ठानको तल्लो भाग र डिपाे आदर्श बहुमुखी क्याम्पसकाे विचमा रहेको खोल्सीमा उक्त किशोरीको शव फेला परेको हो ।

बुधबार दिउँसो स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा शव देखेको र डिपो स्कुलको प्रीन्सिपललाई खबर गरेपछि प्रहरीमा जानकारी गराएको बताएको छ।

पोस्टमार्टमको लागि आजै साझ साढे ४ बजेतिर बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको मर्चरिमा लगेको छ भने उक्त घटना बारे थप अनुसन्धन भइरहेको छ ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।