धरानमा घाँटी रेटिएको किशोरीको पहिचान खुल्यो

धरान :  बुधबार दिउसो धरान उपमहानगरपालिका वडा न.१८ स्थित वि पी कोइराला स्वाथ्य प्रतिस्ठानको तल्लो भाग र डिपोट आदर्श बहुमुखी क्याम्पसकाे विचमा रहेको खोल्सीमा घाँटी रेटिएको अवस्थामा फेला परेको किशोरीको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृतक धरान–१६ का महेन्द्र श्रेष्ठको छोरी २१ वर्षीया सुमना श्रेष्ठ रहेको जानकारी दिएको छ । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताएका छन् ।

अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बुधबार दिउँसो स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा शव देखेको र डिपो स्कुलको प्रीन्सिपललाई खबर गरेपछि प्रहरीमा जानकारी गराएको थियो ।

घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । प्रहरी जानकारी दिए अनुसार शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको थियो ।