एकै दिन सुनको मूल्य २ हजार ६ सय रुपैयाँले वृद्धि

धरान : बजारमा छापावाल सुनको मूल्य एकै दिन २ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । हिजो बुधबार प्रति तोला सुन १ लाख २५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज बिहिवार प्रति तोला १ लाख २७ हजार ८ सय रूपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य आज १ लाख २७ हजार २ सय रूपयाँ निर्धारण गरिएको छ ।

त्यस्तै हिजो बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ५ सय २० रूपैयाँ थियो भने आज बिहिवार चाँदीको मूल्य १ हजार ५ सय ५५ रूपैयाँ निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रति तोलामा ३५ रूपैयाँले वृद्धि भएको हो ।