धनकुटाबाट घाँटी रेटिएको किशोरीको हत्यारा पक्राउ

धरान : बुधबार दिउसो धरान उपमहानगरपालिका वडा न.१८ स्थित वि पी कोइराला स्वाथ्य प्रतिस्ठानको तल्लो भाग र डिपोट आदर्श बहुमुखी क्याम्पसकाे विचमा रहेको खोल्सीमा घाँटी रेटिएको अवस्थामा फेला परेको किशोरीको हत्यारा पक्राउ परेको छ । उनलाई धनकुटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकले किशोरीको हत्या गरेको स्वीकारेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

आफूलाई धोका दिएका कारण हत्या गर्नुपरेको पक्राउ परेका युवकले बयान दिएको प्रहरी अधिकृत बताए ।

बुधवार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि इसाई धर्म अनुसार बिहीबार किशोरीको दाहसंस्कार गरिएको थियो ।

मंगलबार बेलुकी साथीको फोन आएको भन्दै किशोरी घरबाट निस्किएको खुलेको छ । घरबाट हिडेपछि उनी म साथीकोमा छु, यतै बस्छु भनेर दिदीलाई मेजेन्सरमा मेसेज गरेको पनि पाइएको छ ।

बुधबार दिउँसो स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा शव देखेको र डिपो स्कुलको प्रीन्सिपललाई खबर गरेपछि प्रहरीमा जानकारी गराएको थियो ।

घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । प्रहरी जानकारी दिए अनुसार शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको थियो ।

शुक्रबार पत्रकार सम्मेलन गरेर पक्राउ परेको युवकलाई सार्वजनिक गर्ने तयारीमा लागेको प्रहरी अधिकृत बताएका छन् ।