तरहरा-धरान सडक, शुरु भो कालोपत्र

धरान : इटहरीको तरहरादेखि धरानको सेउती पुलसम्मको सडक कालोपत्र कार्य शुरु भएको छ । लामो समय देखि सुस्त रहेको कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको हो ।

सो सडक निर्माण कार्य सुस्त हुँदा यात्रुले सास्ती पाएको छन । सुख्खा याममा दुलोले बाटो प्रष्ट नदेखिने र बर्खा याममा हिलोको कारण गाडी चिम्लिने समस्या छ । राम्रोसँग काम अघि बढ्न नसक्दा यात्रुले सास्ती पाउनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

तरहरादेखि सेउती पुलसम्मको प्याकेज ५ दशमलव ५ किलोमिटर सडक बनाउने ठेक्का हिमधुङ प्यासिफिक जेभीले लिएको हो ।

विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडक विस्तार हुँदै आएको हो । 

इटहरीको तरहरादेखि धरानको सेउती पुलसम्मको चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको छ र बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिने बताएको छ ।

सहरी क्षेत्रमा भन्दा बन क्षेत्रमा सवारीको चाप कम हुने भएकाले यहाँ ४ लेनको मात्र सडक बन लागेको हो ।