आज विश्व मौसम विज्ञान दिवस (World Meteorological Day)

धरान : विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व मौसम विज्ञान दिवस मनाउन लागिएको छ ।

विश्व मौसम संगठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस (World Meteorological Day) को रुपमा मनाउने गरिन्छ ।

नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभाग पर्दछ । यस विभागले नेपालको संविधान, २०७२ बमोजिम राज्यको नीति प्राकृतिक हुने जोखिम न्यूनीकरण लागि पुर्व सूचना प्रदान गर्ने, वातावरण सरक्षण नियमवाली, २०७७ वमोजिम जल, मौसम जलवायु र जलवायु परिवर्तन सम्बन्धि तथ्यांक एवं सुचना प्रदान गर्ने र त्यसै गरि राष्ट्रिय जलस्रोत नीति, २०७७ अनुसार जलउत्पन्न विपद न्यूनीकरण एवं व्यवस्थापन गरि क्षती न्यूनीकरण गर्नका लागि जोखिमयुक्त हिमनदी तथा हिमतालहरुको नियमित अनुगमनका साथै जलवायु तथ्यांकलाई अद्यावधिक राख्दै नदि जलाधारमा आवश्यक जलमापन र मौसम मापन केन्द्रहरुको विस्तार गर्न र जल तथा मौसमजन्य प्रकोपहरुको अनुगमन, पुर्वानुमान तथा पुर्व सुचना प्रणालीको विकास गरि धनजन, भौतिक पुर्वाधार, सास्कृतिक पुर्वसुचना तथा पुर्वानुमान प्रणालीको थप विकास र विस्तारलाई उच्च प्राथमिकता राखेको छ ।

यस कार्यले वर्तमान र भविष्यका पुस्ताहरुका लागि समाजको सेवामा विज्ञानलाई रुपान्तरित गर्दा थप मार्गदर्शन गर्ने विश्व मौसम विज्ञान संगठनको भनाइ छ ।