सीईओ टिम कुकद्वारा चिनमा दोस्रो ठूलो एप्पल स्टोरको उद्घाटन

धरान : एप्पलका सीईओ टिम कुकले बिहिवार चिनको सांघाईमा दोस्रो ठूलो एप्पल स्टोरको उद्घाटन गरेका छन् । अमेरिकाको न्युयोर्कमा रहेको एप्पल स्टोर पछि यो विश्व कै दोस्रो ठूलो एप्पल स्टोर हो ।

एक मिडिया रिपोर्टका अनुसार चीनको सांघाईमा एप्पल स्टोर खोल्ने क्रममा सयौं मानिस भेला भएका थिए । यसको उद्घाटन हेर्न यति धेरै भीड जम्मा भयो कि चिनियाँ प्रहरीले यसलाई नियन्त्रण गर्न बल प्रयोग गर्नुपर्‍यो।​

एप्पल कम्पनी ४७ वर्ष (अप्रिल १, १९७६) अघि स्टिभ जब्सद्वारा स्थापना भएको हो । यो एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो ।

यस कम्पनीले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ र यस कम्पनीका उत्पादनहरु मध्ये मॅक लॅपटॉप, आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन ।

एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ ।