होली विशेष शुभकामना आदानप्रदान तथा अन्तर क्र्यु भेटघाट कार्यक्रम

धरान : लामबद्द स्काउटको ताती, गलामा विभिन्न क्र्युका विभिन्न स्कार्फ मानौ अनुहारमा होलीको फरक रङ्ग जस्तै फरक फरक स्कार्फ लगाएका सबैको उद्देश्य एउटै समाजको परिवर्तन र सामाजिक उत्तरदायीत्तव मन। हो यो दृष्य हो मिति २०८०-१२-१० गतेको दिन होली विशेष शुभकामना आदानप्रदान तथा अन्तर क्र्यु भेटघाट कार्यक्रमको र त्यहाँ उपस्थित स्काउटर र रोभर/रेञ्जरहरूको।

स्काउट भन्नाले एक युवा संगठन जस्तो कुनै सामाजिक, नैतिक, र शैक्षिक शिक्षा तथा प्रशिक्षण दिने संस्था भन्दा धेरै बुझिन्छ। यसमा संघ, आत्म-नियमितता, टिम वर्क, नेतृत्व, राष्ट्रियता, र सेवा-शैलीको मूल्यहरू समावेश छन्।

होली नेपाली र भारतीय सांस्कृतिक पर्व हो जसमा विभिन्न रंगहरूको खेल खेलिन्छ र विशेषतः रंगको धुँवाबाट प्रतिफलन हुन्छ। सोहीलाई आधार मानी फरक रङ्ग जस्तै फरक फरक स्कार्फ लगाएका सामाजिक उत्तरदायीत्तव मात्रै नभई आपसी भाइचारा बढाउन पनि स्काउटहरु उत्तिकै सक्रिय देखिएका छन्। यो उदाहरण धरानमा भएको न्यु भिजन ओपन क्र्यु, सुनसरी क्र्यु र पब्लिक क्र्युको सम्युक्त आयोजनामा भएको होली विशेष शुभकामना आदानप्रदान तथा अन्तर क्र्यु भेटघाट कार्यक्रममा देखिन्छ।

सोही कार्यक्रम बीचमा न्यु भिजन ओपन क्र्युका सचिव तथा रोभर लिडरले पूर्वा घोषित अन्तर-ट्रुप हाजिरीजवाफ प्रतियोगिता केही विविध समस्या र नेपाल स्काउटको निर्वाचनका कारण स्थागीत भएको हुँदा अब २०८१ को बैशाखमा सो कार्यक्रम सम्पन्न हुने गरी कार्य योजना तयार भएको बताउनुभएको छ। साथै न्यु भिजन ओपन क्र्युको बैठकबाट अबका कार्यक्रमहरू पहिला भन्दा अझ परिष्कृत र प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्दता जनाएको छ।