धरानमा पनि सुरु भो होलिको रङ्ग

धरान : होली पर्व अथवा फागु पूर्णिमाको आज दोस्रो दिन धरानमा पनि होलिको रङ्ग सुरु भएको छ । धरानको विभिन्न चोकमा "ह्याप्पी होलि" टिसर्ट लगाएको युवा देखि वृद्धलाई देख्न सकिन्छ । 

हरेक वर्ष झै यस वर्ष पनि धरानको भानु चोकमा होलिको भब्य कार्यक्रम आयोजना भैरहेको छ । यस्तै गरि साझमा भानु चोक देखि केही पुर्व पर माछाभौडी चोकमा सधै झै मट्का फ्रोड हुनेछ ।

यस्तै यसै साल देखि सहयोगी युवा समुह धरानद्वारा धरान-८ बर्गाछीमा होलि शुभकामना आदानप्रदान तथा मट्का फ्रोड प्रतियोता सुरु भएको छ । यस कार्यक्रममा बर्गाछी महिला समूह र धरान वडा न.८ का जनप्रतिनिधिको उपस्थिति र सहयोग गरेका छन् ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने प्रमुख चाड हो । भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

होली रङ्गहरूको चाड हो, यस दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् ।

नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ ।

होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ, हरियोलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ, पहेंलो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ भने नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ, कालोलाई  ईष्र्या र स्वार्थसँग सम्बन्धित मानिन्छ र सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ ।