बसको ठक्करबाट एक युवकको मृत्यु

धरान : सुनसरीको इटहरीमा मोटरसाइकललाई बसले ठक्कर दिदा एक युवाको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो ।

प्रहरी पुष्टि गरे अनुसार दुर्घटनामा मृत्यु हुनेमा इटहरी ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेको छन् ।

यो दुर्घटना मंगलबार दिउँसो ३ः३५ बजेतिर इटहरी १० संविधान चौकस्थित कोसी राजमार्गमा भएको हो ।

यस घटना बारे अनुसन्धान जारी राखिएको छ ।