विश्वकप छनोटमा नेपाल बहराइनसँग ३-० अन्तरले पराजित

धरान : गएराति भएको फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको खेलमा बहराइनसँग नेपाल ३-० अन्तरले पराजित भएको छ । बहराइनको राष्ट्रिय रंगशालामा सुरु भएको उक्त खेलमा सुरु भएको सातौं मिनेटमा नै नेपालले गोल खाएको थियो ।

गोल गर्ने खेलाडी बहराइनका डिफेन्डर साइद बाकेर थिए ।

त्यस्तै गरि १७ औं मिनेटमा घरेलु टोलि बहराइनले पेनाल्टीको अवसर पायो जसमा बहराइनका खेलाडी अब्दुल्लाह युसुफ हेलालने गोल गरे ।

सुरुवातदेखि नै हाबी भएको बहराइन ३६ औं मिनेटमा कोमाइल अल आस्वादले गोल गरेपछि ब्रेकअघिनै तीन शुन्यको अग्रता लिन सफल भयो ।

सोही प्रकारको आक्रमणलाई जारी राख्दा दोस्रो हाफमा पनि नेपालले गोलको अबसर त्यति धेरै बनाउन सकेन । जारी छनोटमा नेपालको यो लगातार चौथो हार हो ।

यो सँगै नेपालको विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश हुने सम्भावना सकिएको छ ।