आज धरानमा दिनभर झरीको सम्भावना

धरान : आज चैत १४ गते बुधबारको दिन धरानमा दिनभर झरीको सम्भावना देखिएको छ । 

आज बिहान देखि नै धरानको तापक्रममा गिरावट भएको छ जस्का कारण हाल धरानमा चिसो बढेको अनुभव गर्न सकिन्छ । मौसम विभागको पुर्वानुमान अनुसार आज दिनको ११ बजे देखि धरानको विभिन्न स्थानमा सिमसिम झरी सुरु हुने देखिन्छ ।

उक्त सिमसिमे झरी निरन्तर साझ सम्म रहने मौसम पुर्वानुमान डाटामा देख्न सकिन्छ ।

हाल धरानको केही स्थानमा सिमसिम वर्षा सुरु भैरहेको छ ।