पोखरामा अचम्मको दुर्घटना, सामाजिक सञ्जालहरूमा भाइरल

धरान : पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । 

चालक र सहचालकबाहेक बसमा अरू यात्रु भने थिएनन् । घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको जानकारी आएको छ ।

बस अनौठो तरिकाले सडकमा ठडिएको छ ।

बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।