“त्यो एक रात अनि म कवि”

काहाली लाग्दो, चिसो सिरेटोको घर भित्र

कठ्याग्रीएको काँडा सरह तिम्रा याँदहरुको बिछौनामाथि

एक्लोपनको कोल्टे सिरानी सित अनेकौं कुरा–कानीहरु गर्दै

नैराश्यको धुस्सा ओडी बिताएका रातहरुको पिडाको साक्षी...

त्यो एक्लोपनले जलाई रहेको चन्द्रमालाई सोधे हुन्छ ।

केहि बोल्न नसकी....

कव्रिmएर कामी रहेका मेरा ओठमाथि

नयनको कुलोबाट फुत्केका आँशुका थोपाहरु बज्र्रीदिदा..

रोदन सँगै कल्पिएर टुटेका हृदयको पृथक पिडाहरुको साक्षी....

त्यो चोइटिएर खस्ने ताराहरुलाई सोधे हुन्छ ।

निश्चल त्यो हाम्रो.......

सम्बन्धको सिरानी भिजाउने आँशुका टाटाहरुमाथि

झझलको बनी आउँने तिम्रा तस्विरहरुलाई कोर्दा–कोर्दै

निशःप्राण बनी सेलाएका काहानीहरुको साक्षी......

त्यो चिसो अन्धकारको खाष्टो ओडेका रातहरुलाई सोधे हुन्छ ।

त्यो एकान्त अनि.....

वैशले मात्तिएर छिप्पिएको रातले कोेरिदिएको काहानीमाथि

पात्रहरुलाई भूमिका छुट्याउँदा–छुट्याउँदै

थकानले प्रष्ट गलेको कविको यात्राको पिडाहरुको साक्षी....

त्यो उज्यालो टुकी बाली जागेको अनिधो बिहानीहरुलाई सोधे हुन्छ ।

–अद्रियानो दिनु थापा