विश्व महिनावारी दिवसको अवसरमा सचेतना तथा प्याड वितरण
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १५ गते।
धराने मिडिया : विश्व महिनावारी दिवसको अवसरमा परिवार नियोजन संघको आयोजना तथा सहकार्यमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम तथा प्याड वितरण गरिएको छ ।
कार्यक्रममा ६० जना बालबालिका, जनप्रतिनिधि तथा शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई महिनावारी स्वास्थ्य, सरसफाइ र सचेतनाबारे जानकारी गराउनुका साथै प्याड वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता परिवार नियोजन संघकी युवा संयोजक संस्कृती मास्केले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कार्यपालिका सदस्य साबित्रा परियारको उपस्थिति रहेको थियो । कार्यक्रममा महिनावारीलाई लुकाउने विषय नभई स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया भएकाले यसबारे खुला रूपमा छलफल र सचेतना आवश्यक रहेको वक्ताहरूले बताएका थिए ।




















