वराहक्षेत्र-१ लाई ४ लाख बराबरको पाइप तथा पानी ट्याङ्की हस्तान्तरण
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ९ गते।
धराने मिडिया : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ मा खानेपानी व्यवस्थापनलाई सहज बनाउन धरान खानेपानी व्यवस्थापन बोर्डबाट ४ लाख २९ हजार १ सय रुपैयाँ बराबरको पाइप तथा पानी ट्याङ्की हस्तान्तरण गरिएको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आईन्द्र विक्रम वेघाले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले वितरण गरिएको उक्त सामग्री अन्तर्गत विभिन्न आकारका पाइप र पानी भण्डारणका लागि ट्याङ्की प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले खानेपानीको पहुँच विस्तारसँगै स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।
सामाग्री हस्तान्तरण कार्यक्रममा वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापाका अनुसार आगामी दिनमा पनि खानेपानी, सरसफाइ तथा आधारभूत पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम अघि बढाइने जनाएको छ।




















