धरानमा १ महिने ब्युटि पार्लर तालिम समापन

धरान : सुनसरी उद्योग बाणिज्य संघ धरानको समन्वयमा सञ्चालित १ महिने ब्युटि पार्लर तालिम समापन भएको छ । 

घरेलु तथा साना उद्योग कार्यलय सुनसरीको आयोजनामा गरिएको उक्त कार्यक्रममा २७ जना महिलाहरूले ब्युटि पार्लर तालिम लिएका दिए । सोही कार्यक्रममा २७ जना महिलालाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

धरानमा रहेका महिलाहरुलाई ब्युटिसियन सम्वन्धी केही जानकारी होस र त्यसलाई विकास गर्दै रोजगारको अवसर पनि प्र्रदान गरोस भन्ने हेतुले कार्यक्रमको समन्वय गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।

विशिष्ट अथितिमा रहेका धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघा भन्छन, " यस्तो कार्यक्रमले राज्यले आयोजना गर्नुको अर्थ स्वरोजगार बनाउनु हो ।" 

उनले शिपलाई परिणाम देखाउन प्रशिक्षार्थीलाई आग्रह सम्म गरे ।

यस समापन कार्यक्रमको प्रमुख अथितिमा कोशी प्रदेश साँसद ममता तामाङ रहनु भएको थियो ।