ताइवानमा बुधबार शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

धरान : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ। देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन्। अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ।

ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली हाे । सन् १९९९ मा, ७.७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पुर्‍याएको थियो । करिब २ हजार ४ सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए ।

चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ।