शनिबार
धरानमा "द एज" ब्याण्डको कन्सर्ट
धरान : युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय
ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार
आयोजना हुने " प्रजापति संगीत समारोह द एज लाइभ इन धरान " कार्यक्रममा
आउँदैछन ।
सम्झिने
मुटु , थाहा छैन
, नचाहेको
हैन , तिम्रो
याद , मेरो
आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन्। २४ बर्ष अघि पहिलो अल्बम निकालेर चर्चित बनेको
द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् ।
कन्सर्टमा
धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन
स्टेज, साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र साउण्ड लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताए ।
धरान
रंगशालाको तल्लो मैदानमा आयोजना हुने
सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब, धरान -१५ को
आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन् लागेको हो ।




















