धरानको समानता एकेडेमीमा निःशुल्क आँखा जाँच शिविर

धरान : मिति २०८० चैत्र २२ गते बिहीबारको दिन समानता ऐकेडेमी धरान–१५ मा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

नब दृष्टि आई हस्पिटल इटहरी–४ का दक्ष चिकित्सकको टोलीद्वारा सो आँखा शिविर सम्पन्न गरिएको हो ।

उक्त आँखा शिविरमा २५० जना भन्दा बढी आँखाको जाँच गरिएको थियो । 

शिविरमा निःशुल्क औषधि वितरण साथै मोतिविन्दुको निःशुल्क अप्रेशन समेतको सौलियत थियो । 

शिविरमा अनुमान गरेको भन्दा धेरै आँखा रोगीहरु उपस्थित रहेको र यसरी विद्यालयमा स्वास्थ्य शिविर संचालन गर्दा सानो योजनामा समाजलाई निक्कै ठूलो सहयोग पुग्ने अनुमान गर्दै आगामी दिनहरुमा यस्तै स्वास्थ्य सम्बन्धी शिविरहरु निरन्तर रुपमा यस समानता एकेडेमीमा संचालन भई रहने प्रतिबद्धता स्कुलका प्रिन्सिपल अमित थापाले बताए ।