पिण्डेश्वर महाकुम्भ मेला यातायात व्यवस्थापन उपसमितिले तय गरेको टेम्पो भाडा
१. स्थानीय भाडा नगरपालिकाले तोके बमोजिम हुनेछ ।
२. भानुचोकबाट पिण्डेश्वर पुगि बढीमा 1 घण्टा अलमल गरि पुन भानुचोक फर्किएको रू 300 विजय पुरका अन्य मन्दिर पनि घुम्न चाहेमा बढीमा आधा/आधा घण्टा समयको लागि प्रत्येक मन्दिरमा पुगेको रू 100/100 थप लाग्नेछ ।
३. चतरा धरान टेम्पो रिजर्भ भाडा रू 450 र प्रतिव्यक्ति रू 150 लाग्नेछ ।
४. धरान चतरा आउजाउ बस रिजर्भ भाडा रू 6 हजार लाग्ने छ । प्रतिव्यक्ति बस भाडा एकतर्फी रू 70 कायम भएको छ ।
५. धरान चतारा डाइरेक्ट रूट रेल्वे हुँदै बिचघोपा, मंगलबारे, पानी ट्याङ्की, गणेशमान चोक, सुम्निमा चोक, लक्ष्मी चोक, पृथ्वी चोक, रेडक्रस उकालो हुँदै विजयपुर सम्म ।
६. पिण्डेश्वर जाने ठुला बसहरू विजयपुर चोकमा भरिए विजयपुर चोकमा यात्रु ओरालेर हात्तीसार क्याम्पसको ग्राउन्डमा पार्किङ गर्ने ।
७. रिजर्भ बाहेकका नियमित बसहरूलाई पिण्डेश्वर महाकुम्भ मेला भरी भानुचोकमा स्टेण्ड लगाई यात्रु ओराल्ने मौका दिईनेछ ।