भेडेटारमा सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसारपसार

धरान  :  भेडेटारमा सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसारपसार गर्ने अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

राती करिब पौने ८ बजे भेडेटारको प्रहरी टोलीले चेकजाँचको क्रममा भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकबाट गाँजा वरामद गरेको हो ।

धनकुटाको साँगुरीगढी गाँउपालीका-९ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर अवस्थामा राखेको  थियो ।

सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो ।

गाँजा सहित ५ बोरा आलु, साग तथा सब्जी बोक्ने खाली क्यारेट बरामद गरेको छ । उक्त तरकारी सहितका सामान बिच गाँजा लुकाएर राखिएको प्रहरी नायव निरीक्षक जीवन कार्कीले जानकारी दिए ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तथा सहचालक चेकजाँच गर्दा मिनिट्रकबाट हामफालेर तत्काल फरार रहेकोले खोजतलास भइरहेको तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।