गायक लेखु बिवसको "कुन शहरमा घुम्दै होला" ३० बर्ष पछि म्युजिक भिडियो

धरान : गायक लेखु बिवसको आवाजमा सजिएको कुन शहरमा घुम्दै होला भन्ने गित रेडियो नेपालमा रेकर्डिङ भई एक छत्र रेडियोमा गुन्जीरहने सबै नेपालीहरुको मन जित्न सफल गितको म्युजिक भिडियो ३० बर्ष पछि आएर मोडेल राज लिम्बू र बरिस्ठ पत्रकार भैरब आङ्लाको पहलमा   Our Dharan Online Media सार्बजनिक गरिएको छ ।

सुबास राईको निर्देशन इन्सो हाङ्ग लिम्बू र नोयु स्मार्ट पार्लरको निमार्ण रहेको भिडियोमा मोडेल राज लिम्बू, रमेश मास्के, नोयु लिम्बू, नुमा लिम्बु, कन्चन थलङको साथै बालकलकार इन्सो हाङ्ग लिम्बुको अभियान देख्न सकिन्छ ।

त्रिकोणात्मक प्रेम कथामा मनोरञ्जन रोदन, पीडा मिसिएको भिडियोमा धरानको चर्चित ठाँउ ओसोको SNS चौतारीमा मेयर हर्क साम्पाङ्को प्रमुख अथिती र उप मेयर आईन्द्र बिक्रम बेघाको विशिष्ट अथितिमा भब्य  पृमियर गरिएको थियो ।

भिडियोमा एडम लिम्बुको छायांकन, सम्पादन, कलर तथा नोयु लिम्बुको मेकअप रहेको छ ।