युरेका स्कुलमा वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न
धरान : धरान उपमहानगरपालिका वार्ड न. १ स्थित युरेका आवासीय मा. विले आफ्नो ३० औं वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल कुरन चेम्जोङका अध्यक्षतामा संचालित कार्यक्रममा शैक्षिक निर्देशक सुदिप यल्मो लेखा समिति गोमा चेम्जोङ्ग लगायतका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
विद्यालयमा कक्षामा उत्कृष्ट गर्ने प्रत्येक कक्षाका एक एक नानी बाबुहरुलाई एक वर्षका लागि छात्रवृत्ति प्रदान गर्नका साथै दश वर्ष पूरा गर्ने शिक्षक विजय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विद्यालयले हाड वाकिङ, प्रत्येक खेलका थि बेस्ट अफ थि वेस्ट खेलाडी, १००% हाजिरी पुर्याउने विद्यार्थी सबैलाई पुरस्कृत गरेको थियो ।
विद्यालयमा वर्षभरमा अनुशासित हुने विद्यार्थीहरु मध्यबाट सिनियरतर्फ थि वेस्ट डिसिप्लिन स्टुडेन्ट युविना लिम्बू घोषित भएका थिइन् भने जुनियरतर्फ तान्दिप चाम्लिङ राई ठहरिएका थिए ।
त्यसैगरी अर्को आकर्षक उपाधि स्टुडेन्ट अफ द इयर सिनियर तर्फबाट इच्छा शाक्यलाई घँषणा गरियो भने जुनियर तर्फबाट लक्षिता श्रेष्ठ घोषित भएकी थिइन् ।
कार्यक्रमा शतप्रतिशत हाजिरी हुन सफल कर्मचारी सान्तनु चौधरी (लेखापाल) लाई पुरस्कृत गरिएको थियो भने कुमार चेम्जोङ मेमोरियल ह्यानराईटिङ प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु समेत पुरस्कृत भएका थिए ।
कार्यक्रमका बिचविचमा सास्कृतिक कार्यक्रमले उपस्थित विद्यार्थी, अभिभावक तथा अतिथि वर्गलाई यथेष्ट मनोरञ्जन पनि प्राप्त भएको थियो ।