नया बर्ष संगै एम एज लन्ज एन्ड बारमा द फ्लाे नेपालकाे प्रस्तुति

धरान : नयाँ वर्ष २०८१ को आरम्भसँगै एम एज लन्ज एन्ड बारमा मा द फ्लाे नेपालकाे प्रस्तुति साँझ हुने भएको छ । 

धरान -१५ बगरकोट स्थित बारमा नया बर्ष र बारमा आएका पाहुनालाई स्वागत गर्न धरानकै लाेकप्रिय ब्याण्ड द फ्लाे नेपालकाे प्रस्तुति रहने छ। याेगेश योन्जन तामाङकाे आवाजमा द फ्लाे नेपालले बारका पाहुनालाई मनाेरञ्जन दिदै डिजे यम्फु र डिजे नाेभसनकाे डिजे म्युजिक बाट पाहुनाहरूलाई रमाइलो गराउने बारले जानकारी दिएको छ । 

यस भन्दा अघि एम एज लन्ज एन्ड बार इभ न्यु यर पार्टी भएको थियाे । उक्त पार्टिमा भने तपस्वी ब्याण्डले प्रस्तुति दिएकाे थियो । कला र कलाकारले भरिएको धरानमा एम एज लन्ज एन्ड बारले हरेक ब्यान्डलाइ प्राथमिकतामा राख्दै आएकाे छ ।  

एम एज लन्ज एन्ड बारमा हरेक दिन विभिन्न बान्डकाे प्रस्तुति संगै बारमा आएका पाहुनालाई मनाेरञ्जन दिदै आएको छ । नेपालकै चर्चित ब्याण्ड मन्त्र ब्याण्ड र सबिन राई एन्ड द फ्याराेले समेत बारमा प्रस्तुति दिइ सकेका छन ।