नबिल बैंकको शाखा कार्यालय बरगाछीमा स्थानान्तरण हुने

धरान : नबिल बैंक लिमिटेड धरानको महेन्द्रपथ शाखा कार्यालय हालको स्थानबाट २ किमी धरान उपमहानगरपालिका वडा न.८ बरगाछीमा वैशाख ६ गते स्थानान्तरण हुन लागेको छ ।

बैंकले शाखा कार्यालयको लकरमा रहेको कुनै टुटफुट हुने सामानहरु राखेको भएमा लकर सार्नु अगावै साबिक शाखा कार्यालयहरुबाट कार्यालय समय भित्र निकाल्न आग्रह गरेको थियो ।

नयाँ शाखा कार्यालयबाट वैशाख ६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।