दुबईमा अहिलेसम्मकै ठूलो वर्षा

धरान : संयुक्त अरब इमिरेट्सको दुबईमा अहिलेसम्मकै ठूलो वर्षा भएको छ । भारी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्ग तथा विमानस्थल अवरुद्ध भएका छन् ।

पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ ।

सञ्चारमाध्यमका अनुसार सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापनाअघि सन् १९४९ मा रेकर्ड वर्षा सुरु गरिएयता यो सबैभन्दा ठूलो वर्षा थियो ।