प्रभु केवलकार एण्ड टुरिजमले आईपीओ जारी गर्ने


धरान : प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक आवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष ०७९/८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने शर्त कम्पनीले राखेको छ । 

यस कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ ।