धरानको आन्तरिक पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहर सङ्ग रमाउदै

धरान : धरानको आन्तरिक पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहर सङ्ग रमाउदै जय धरान हाईकिङ्ग समुह नियमित हाईकिङ्ग गर्दै आएका छन ।

"पैदलयात्रा गरौ स्वास्थ्य बनौ" भन्ने मुल नाराका साथ यो समुह आफ्नो नियमित हाईकिङ्ग गरिहेको छ ।

हरेक दिन निश्चित ठाउँमा भेला भै धरानको विभिन्न ठाउँहरुमा हाईकिङ्ग मार्फत पुगेर त्यस् ठाउँको फोटो भिडियो मार्फत सामाजिक संजालबाट देश विदेशमा प्रचार गर्दै यो समूह लागेको छ ।

यस समुहका अध्यक्ष नौलो रोशन भन्छन् " हामी नि:शुल्क मानिसलाई स्वास्थ बनाउने काम गर्छौ ।"

हरेक दिन(शनिबार बाहेक) साझ ५ बजे देखि ७ बजे सम्म यो समुह हाईकिङ गर्दै आएको छ भने अहिले सम्म ११४३ औं हाईकिङ्ग सम्पन्न गरिसकेको छ ।