धरानको सुनगाभा बोर्डिङ स्कुलको बसमा आगलागी

धरान : धरानको सुनगाभा बोर्डिङ स्कुलको बसमा आज करिब विहान ११ बजे आगलागी भएको छ ।

धरान वडा न. ८ बरगाछी छेउको ग्यारेजमा सामान्य मर्मतका लागि ल्याएको शो बस मर्मतको क्रममा आगलागी भएको हो ।

बस आगलागी भएको केहि समयमा नै स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको स्थानमा धरान उपमहानगरको दमकल पनि केही बेर पछि आएको थियो ।