सुनको मूल्य दुई हजार रुपैयाँले वृद्धि

धरान : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । 

बिहीबार सुनचाँदीको मूल्यमा भारि वृद्धि भएको हो । यसदिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापारका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ ।