एचआइभि संक्रमित परिवारलाई वडाको सहयोग

धरान : धरान पोजिटिभ समुहद्धारा धरानका एचाआइभी संक्रमित चार परिवारलाई धरान उपमहानगरपालिकाको वडा नं.१० ले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

धरान उपमहानगरपालिकाको वडा नं.१० को सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया वरावरको खाद्यन्न र जिविकापार्जनका लागि जनहि नगद १० हजार सिड मनि प्रदान गरिएको हो ।

धरान उपमहानगरपालिकाको वडा नं.१० को सहकार्यमा धरान पोजिटिभ समुहद्धारा करिव २५ हजार रुपैया वरावरको खाद्यन्न र जिविकापार्जनका लागि जनहि नगद १० हजार सिड मनि प्रदान गरिएको थियो ।

एचआइभि संक्रमित तथा प्रभावितहरुको हकहितका लागि धरान १० को वडाले नियमित रुपमा वजेट विनियोजन गरिरहेको १० न. वडाका वडाध्यक्ष विवेक राईले वताए । 

यस वर्ष पनि १० नम्बर वडाले एचआइभि एड्स संक्रमित तथा प्रभावितहरुको हकहितका लागि एक लाख रुपैया विनियोगन गरेका उनले बताए ।

सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि धरान १० का वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ, सुनसरीको अध्यक्ष जनकऋषि राई, राष्ट्रिय एचआइभि एड्स प्रदेश संयोजक रोमन राई लगायतले वितरण गरेका थिए ।

यसैगरि धरान पोजिटिभ समुहले यहि वैशाख २५ गते एचाआइभि एड्स तथा लागुऔषध संवन्धि सचेतनामुलक कार्यक्रको अयोजना गर्न लागेको राष्ट्रिय एचआइभि महासंघ प्रदेश संयोजक रोमन राईले जानकारी दिए । 

सचेतना कार्यक्रम धरान १० को वडा कार्यलयको सभाहलमा संपन्न हुने उनले  बताए ।

कार्यक्रममा वडाका टिएलओ अध्यक्ष, सचिव, स्वस्थ्यकर्मि, युवा क्लवका पदाधिकारी लगायतको सहभागिता रहने थियो ।  

धरान १० को वडाले एचआइभि संक्रमितहरुको हक हितका लागि छुट्टयाइएको रकम वाट कार्यक्रमको आयोजना गरिने धरान पोजिटिभ समुहका उपाध्यक्ष तारा क्षेत्रीले जानकारी गराए ।