धरान-१० वडा बालमैत्री घोषणा

धरान : धरान उपमहानगरपालिकाको वडा नं.१० लाई बालमैत्री वडा घोषणा गरिएको छ । 

शनिबार धरान १० स्थित सैनिक भवनर्मा बालबालिका हामी सबैको प्यारा, बालमैत्री स्थानिय शासन हाम्रो अभिभारा’ भन्ने नाराको साथ वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडाको घोषणा गरिएको हो ।

कोशि प्रदेश सभा सदस्य यसोदा कायस्थ, धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, वडा नं.१०को वडाध्यक्ष बिवेक राई अन्य वडाको वडाध्यक्षहरु, वडा सदस्यहरु विभिन्न राजनितिक दलको प्रतिनिधहिरु लगायतको वृहत उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो ।

स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । यसअघि धरान उपमहानगरपालिकाको १६ वटा वडामा बालमैत्री वडा घोषणा गरिएको थियो ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको धरान १० को वडाध्यक्ष बिवेक राईले बताए ।

तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

धरान सुनसरी जिल्लाको उत्तर खण्डमा अवस्थित छ भने वडा नं.१० धरानको मध्य भागमा अवस्थित छ । २०७८ सालको जनगणना अनुसार यस वडामा १२ सय ७९ घरधुरी रहेको छ जसमा जम्मा जनसंख्या ४ हजार ६ सय १२ रहेको छ । जस मध्ये महिला २४ सय ६८ र पुरुष २१ सय ४४ जना छन । यस वडाबाट २०८० सालमा गरेको घरधुरी सर्वे अनुसार यस वडामा १८ वर्ष भन्दा कम उमेरको बालबालिकाको संख्या ८ सय ३७ रहेकोमा बालक ४ सय ४० र बालिका ३ सय ९७ रहेको वडाअध्यक्ष राईले जानकारी दिए ।

उहाँले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूणर् सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेकोे बताए ।

निर्देशिकाले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी एक वर्षभित्रका बालबालिकालाई पूणर्खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त क्षेत्र भएको हुनुपर्ने व्यवस्था छ ।

बालबालिका विरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहारमा कमी आएको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तै, छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग-अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रमुख अतिथि यसोदा कायस्थले धरान-१० ले गरेको यस कार्य प्रति खुशि व्यक्त गर्दै धरानमा बाँकी रहेको वडाले पनि बालमैत्री घोषण गरी समग्र धरानलाई नै बाल मैत्री घोषण गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरे । साथै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य शहर बनाउन पहिलो सूचक बालमैत्री व्यवहार भएको बताए । 

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेर यस वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकोमा विशिष्टि अतिथिे उपप्रमुख आईन्द्र विक्रम बेघाले शुभकामना व्यक्त गरे ।

वडाध्यक्ष विवेक रार्ईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडाका बासिन्दाहरु तथा बालबालिकाहरु, १९ वटा वडा वडाध्यक्ष, वडा सदस्यहरु, विभिन्न दलका राजनितिककर्मीहरु, समाजसेवी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।