काठमाडौँको आफ्नै कोठामा मृत अवस्थामा फेला 

धरान : काठमाडौँमा आइतबार आफ्नै कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृत हुनेमा काठमाडौँ महानगरपालिका-३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएका ३९ वर्षीय सञ्जीव नेपाली हुन ।

यसैगरी चन्द्रागिरि नगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।