लागुऔषध गाँजा सहित ४ जना पक्राउ

धरान : मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईत्बार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।