फेसबुक मार्फत विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका मानिस पक्राउ
धरान : सामाजिक संजाल फेसबुक मार्फत चिनजान गरि विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेको एक मानिसलाई प्रहरिले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा परिवर्तित नाम संखुवासभा -०५(छ) लाई खाँदबारी स्थित एक होटलमा लिएर गई जवर्जस्ती करणी गरी तत्पश्चात फरार रहेकोमा घटना पश्चात निज सामाजिक संजाल फेसबुक समेत निस्कृय गरी भागी हिडेको साथै निज प्रतिवादीको नाम थर समेत पीडित बालिकालाई जानकारी नभएको जनाएको छ ।
पीडित बालिका तथा निजको अभिभावक प्रहरीको सम्पर्कमा आए पश्चात घटना सम्वन्धि सुक्ष्म अनुसन्धान गरी निज प्रतिवादीको बास्तविक नाम, थर, वतन खुल्न आई निज प्रतिवादी जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा गत शनिबार ओखलढुंगा, सिद्दिचरण नगरापलिका वडा नं. ११ रमाईलो डाँडाबाट पक्राउ गरी निजलाई संखुवासभा जिल्ला अदालतबाट म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।