धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल

धरान :  धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।

उक्त अस्पताल शुक्रवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा ९:३० बजे उद्घाटन गर्ने तय भए तापनि मेयर साम्पाङ १ बजे सम्म उपस्थित नभएपछि पश्चात् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले उद्घाटन गरेका थिए।

अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको  छ ।

चौबिसै घण्टा २ जना डाक्टर सहित इमर्जेन्सी सेवा उपलब्ध रहने उनले बताइन् ।

चार जना बोर्ड सदस्य रहेको प्रालिले करिब एक करोड हाराहारीमा लगानी भएको पनि अध्यक्ष अग्रवालले बताइन् ।