धरान-८ स्थित स्कार्पियो गाडीमा लागुऔषध गाँजा वरामद

धरान : मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार साँझ ७ बजे  विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT समुह तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ स्थित ग्यारेजमा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडी मा प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा ३१३ किलोग्राम लागुऔषध गाँजा वरामद गरेको हो ।

लागुऔषध गाँजा वरामद भए संगै उक्त ग्यारेजमा काम गर्ने धरान-१५ का २८ बर्षीय आशिष कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले धरान-८ स्थितबाट नियन्त्रित औषधी स्पासपेन ९ हजार ५ सय पिस सहित धरान-१२ का २४ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

मोरङको बिराटनगर-१६ हुलास चौकबाट धरान-१५ का ३६ बर्षीय श्याम राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले NITROSUN २० चक्की र ESKUF 100 ml सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।