धरानमा कृषि तथा खाद्य प्रविधी विशिष्टिकृत अनुसन्धान केन्द्रको समुद्घाटन

धरान : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा कोशी प्रदेशको लागि धरानमा कृषि तथा खाद्य प्रविधी विशिष्टिकृत अनुसन्धान केन्द्रको समुद्घाटन गरिएको छ ।

शुक्रबार धरान १६ लेखनाथ चोक स्थित पुरानो मालपोत कार्यालय भवनमा धरान उपमहानगरपालिकाको प्रमुख हर्क राज राई, नेपाल प्रज्ञा प्रतिष्ठान(नाष्ट)का उपकुलपति प्रा.डा.दिलीप सुब्बा, नाष्टको सचिव डा.रविन्द्र प्रसाद ढकाल लगायतले कृषि तथा खाद्य प्रविधी विशिष्टिकृत अनुसन्धान केन्द्रको समुद्घाटन गरेको हो ।

उपकुलपति प्रा.डा.सुब्बाका अनुसार मुलुक सङ्घीय संरचनामा गएपछि नाष्टले ७ वटै प्रदेशमा ‘विशिष्टिकृत अनुसन्धान केन्द्र’ स्थापना गर्ने निणर्य गरेको हो । उक्त निणर्य अनुसार गत वर्ष ५ वटा प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरिएको उनले बताए ।

कोशी प्रदेशका लागि धरानमा केन्द्र स्थापना गर्न चासो देखाएर धरान उपमहानगरपालिकाले पूर्वाधार समेत उपलब्ध गराएको उपकुलपति सुब्बाले बताए । 

मुलुकको विकाशलाई विज्ञान र प्रविधिमा जोडेर अघि बढाउन स्थापना गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट सङ्घीय राजधानी काठमाडौँमा केन्द्रित थियो ।

पहिलो पटक यसलाई सङ्घीय संरचनामा विकेन्द्रित गर्न २०७८ सालमा प्रज्ञा सभाले स्वीकृति दिएकोले ७ प्रदेशका अनुसन्धान केन्द्रको अध्ययन अनुसन्धानको विषय भने फरक-फरक तोकेर स्थापना गरेको उपकुलपति सुब्बाले बताए ।

सम्भावना र वस्तुस्थितिका आधारमा तोकिएको विषयहरू मध्ये कोशी प्रदेशमा कृषि र खाद्य प्रविधि रहेको उनले बताए । 

कोशी  प्रदेशमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग जोडिएको उत्पादन पछिको वस्तु नष्ट हुने जोखिमबाट जोगाउन सुरक्षाका उपाय बारे अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्ने अवधारणा केन्द्रित रहने पनि उनले बताए ।

कोशी अनुसन्धान केन्द्रको ल्याब मोरङ हात्तीमुढा स्थित मनमोहान पोलिटेक्नीकल इन्स्टिच्युट, खाद्य प्रविधिका लागि धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस र प्रशासनिक कार्यालयको लागि धरान उपमहानगरपालिकाले छुट्टै भवन उपलब्ध गराएको उपकुलपति सुब्बाले बताए ।

उहाँका अनुसार अनुसन्धान केन्द्रले प्रदेश सरकार, प्रदेश स्थित स्थानिय सरकार तथा सम्बन्धित शैक्षिक एवं अनुसन्धानमुखी निकायसँग सहकार्य गरेर अध्ययन अनुसन्धानका कार्य अघि बढाउने बताए ।

विज्ञान प्रविधीको विकास बिना देश विकास नहुने नाष्टको सचिव डा.रविन्द्र प्रसाद ढकालले बताए । प्रयोगशाला स्थापना नभएको राज्य हाम्रो जस्तो राज्य अधmै पनि पछाडी नै रहेको उनले बताए ।

नास्ट स्थापना भएको ४१ वर्ष भएपनि देश व्यापि रुपमा विकास गर्नको लागी सबै क्षेत्रमा प्रविधीको विकास गर्न जरुरी रहेको देखिएकोले ७ वटै प्रदेशमा ७ वटै प्रविधीको विकासको लागी शुरु गरिएको उनले बताए ।

वातावरणमा समस्या मात्र छैन समस्या संगै समाधान पनि रहेको र १ केजी प्लाष्टीकबाट १ लिटर ईन्धन निकाल्न सकिने  र यसैकारण समस्या मात्र होईन समाधान पनि विज्ञानबाट हुने सचिव डा. ढकालले बताए ।

धरान भनेको शैक्षिक क्षेत्रको केन्द्रको रुपमा स्थापित थियो, रहेको छ  र  रहीरहनेछ भन्नको लागी पनि कृषि तथा खाद्य प्रविधी विशिष्टिकृत अनुसन्धान केन्द्र धरानमा राखेको धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले बताए ।

कृषि र खाद्यको अनुसन्धान केन्द्र भनेको महत्वपुणर् हो यसको लागी भनेर धरान उपमहानगरपालिकाले हाल भवन उपलब्ध गराएको छ भने पछी केन्द्र सरकार, प्रदेश सरकारको सहयोगमा ठुलो प्रयोगशाला नै बनाउने योजना रहेको उनले बताए । 

केन्द्र, प्रदेश सरकारले ढिला गरे स्थानिय सरकारबाट नै बजेट निकास गरी तथा सहयोगमा ढिला नगरी अनुसन्धान केन्द्रको भवन निर्माण गर्ने प्रतिवद्धता नगर प्रमुख राईले गरे ।

उक्त उद्घाटन कार्यक्रममा डा.दिलनाथ फुयल, निलमणि पोखरेल, लक्ष्मी प्रसाद भट्टराई, डा.पवन कुमार झा, प्रा.डा. देवी प्रसाद भट्टराई, डा. ईन्द्रमणी भगत, धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत प्रज्ञा निरौला लगायत धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु, बिभिन्न क्याम्पसका क्याम्पस प्रमुखहरु, कृषि अनुसन्धान निर्देशनालय, विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।