विमानस्थलबाट चाँदी सहित एक जना महिला पक्राउ

धरान : झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका साढे ६ बजे बुद्द यएरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकि छिरीङको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतिय रुपैया २८ हजार ५ सय बरामद भएको थियो ।

पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० बर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् ।

अवैध चाँदी सहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।