१२ वर्षकी कञ्चनको ‘तेह्रथुमकी रानी‘

धरान : १२ वर्षकी बाल कलाकार कञ्चन रिमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साङ्गीतिक क्षेत्रमा उदयमान तारा १२ वर्षकी कञ्चन रिमाल "नुनुजु" को आफ्नै आवाजमा आफ्नै मोडलिङमा आएको पोहिलो  म्युजिक भिडियो सार्वजनिक भएको हो।

‘तेह्रथुमकी रानी‘ शिर्षकमा रहेको गीतमा बाल गायिका कञ्चनले आफै स्वर दिएकी छन् ।

उक्त म्युजिक भिडियो गुराँसको राजधानी तीनजुरे क्षेत्र सहित तेह्रथुमको विभिन्न भाग र पूर्व क्षेत्रमा छायाँकन तथा सम्पादनमा निमार्ण गरिएको छ ।

कुन्दन राईको संगीत, गायत्री लम्सालको शब्दमा देशभक्ति बाल गीत निमार्ण गरिएको हो ।

तेह्रथुम जिल्लाको इतिहासमा पहिलोपटक १२ वर्षीया बाल कलाकारले तेह्रथुमसँग सम्बन्धित गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो ।